स्वयम्भू स्तुपा नजिकै जंगलमा बालिका बलात्कृत, एक जना पक्राउ

Rep

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू स्तुपा जंगलमा एक जना १४ वर्षीया बालिकामाथि बलात्कार भएको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङ सिद्धलेख गाउँपालिका-२ पात्ले घर भई हाल काठमाडौं महानगरपालिका-१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

गिरीले ती बालिकालाई ललाई फकाई स्वयम्भू स्तुपा नजिकै जंगलमा लगेर बलात्कार गरेको प्रहरीको दाबी छ ।

बालिका बलात्कार भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...