संघीय सरकारले माग्यो भूकम्पबाट भएको क्षतिको विवरण

Earthquake in doti 4

काठमाडौं । संघीय सरकारले बुधबार गएको भूकम्पबाट भएको क्षतिको विवरण स्थानीय सरकारसँग माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका स्थानीय तहलाई पत्राचार गर्दै भूकम्पबाट भएको क्षतिको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो । २३ कात्तिक बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको भूकम्पबाट ६ जनाको मृत्यु भएको विवरण आएको छ ।

भौतिक क्षतिको विवरण आइसकेको छैन । मन्त्रालयले स्तानीय तहमा क्रियाशील सरकारी निकाय, विकास साझेदार, गैर सरकारी संघसंस्था, नेपाल रेडक्रस सोसाइटी, निजी क्षेत्रसमेतको एकीकृत परिचालन गरी एकद्वार प्रणालीबाट खोज, उद्धार र राहतमा जुट्न समेत अनुरोध गरेको छ । यस काममा समन्वय र सहजीकरण आवश्यक भए मन्त्रालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...