पत्रकार सरोजराज अधिकारी होटलमा मृत भेटिए

Saroj adhirkari

काठमाडौं । पत्रकार सरोजराज अधिकारी मृत भेटिएका छन् । काठमाडौंको सुन्धारास्थित होटल सिद्दार्थमा उनी मृत अवस्थामा भेटिएका हुन् ।

होटलको एक कोठामा फ्यानमा झुन्डिएको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । अधिकारी सो होटलमा कात्तिक २१ बाट बसेका थिए । अधिकारी हराएको भन्दै उनकी श्रीमतीले बुधबार काठमाडौं परिसरमा निवेदन दिएकी थिइन् ।

प्रहरीले फोन ट्रयाकिङसँगै आफन्तलाई साथै लगेर होटलहरुमा समेत खोजतलास गर्ने क्रममा सिद्धार्थमा इन्ट्रि भएको देखिएको थियो । खोजतलासको निवेदनपछि अनुसन्धान गर्दै जाँदा उनलाई होटलमा मृत फेला पारेको काठमाडौं प्रहरी प्रमुख एसएससपी भरत बोहराले बताए ।

प्रहरीले उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा कोठा भित्रबाटै बन्द थियो । त्यसपछि प्रहरी र आफन्तले ढोका फोडेका थिए । घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंका अनुसन्धान अधिकृतहरू पुगेर अनुसन्धान शुरु गरेका छन् ।

चक्रब्युहमा चन्द्रसुर्य पुस्तकका लेखक अधिकारीले लामो समय कान्तिपुर दैनिकमा काम गरेका थिए । चक्रब्यूहमा चन्द्रसुर्य बाहेक उनका धम्बोझी, रुपबजारकी नोरा र जासुसीको जालो पुस्तक प्रकाशित छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...