डोटी भूकम्पमा परेका दुई जना बेपत्ता

Earthquake in doti 3

डोटी । डोटी स्थित खप्तडबाबा नेशनल पार्क केन्द्रविन्दु भएर गएको भूकम्पमा परेर दुई जना बेपत्ता भएका छन् । पुर्वी चौकी गाउँपालिका–३ स्थित गैरीगाउँका २ जना बेपत्ता भएको र उनीहरुको खोजी भइरहेको सैनिक प्रवक्ता (सहायक रथी) नारायण सिलवालले बताए ।

बेपत्ताहरुको खोजीमा नेपाली सेनाको भैरव गणको प्लटुङ्ग अपरेटि वेशबाट उद्धार टिम परिचालन गरिएको छ । ५ जना गम्भीर घाइतेको डोटी अस्पतालमा उपचार हुँदै छ । ३ जना सामान्य घाइते भएका छन् ।

गए राति ६ दशमलव ६ म्याग्नेच्यूडको भुकम्प जाँदा सो गाउँका ८ घर भत्किएका छन् । घटनास्थलमा टेण्ट र खाद्य सामग्री लगिएको छ । थप राहत र उद्धारका लागि सुर्खेत र धनगढीमा हेलिकोप्टर तयारी अवस्थामा राखिएको सैनिक प्रवक्ता सिलवालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...