आज बिहानैदेखि मौसम बदली, कुन स्थानमा पानी पर्छ ?

Mausam news

काठमाडौं । अहिले (सोमबार बिहान) तराई क्षेत्रबाहेक देशभर मौसम बदली भएको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यतिबेला प्रदेश १ को तराई भूभाग र मधेस प्रदेशबाहेक देशका बाँकी स्थानमा मौसम आंशिकदेखि सामान्यसम्म बदली छ ।

‘प्रदेश १ को तराई भूभाग र मधेस प्रदेशमा भने मौसम सामान्यतया सफा छ’, मौसमविद् बासीले सोमबार बिहान भनिन्, ‘पहाडी भेगमा हल्काफुल्का वर्षाको सम्भावना पनि छ । तर त्यस्तो असरै पुर्याउने खालको वर्षा हुँदैन ।’

मौसमविद्का अनुसार आंशिक बदली भनेको आकाश २६ प्रतिशतदेखि ५० प्रतिशतसम्म बादलले ढाकेको, सामान्य बदली भनेको आकाश ५१ प्रतिशतदेखि ७५ प्रतिशतसम्म आकाश बादलले ढाकेको, सामान्यतया सफा भनेको आकाश २५ प्रतिशत बादलले ढाकेको अवस्था हो। पूर्ण बदली भनेको चाहिँ आकाश ८८ प्रतिशतभन्दा बढी बादलले ढाकेको अवस्था हो ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...