पूर्वी नेपालमा ४.४ म्याग्निच्यूडको भुकम्पको धक्का

Earthquake frequency

धनकुटा । पूर्वी नेपालमा भुकम्प गएको छ । आइतबार राती १०ः१४ मा भुकम्प गएको हो । यद्यपि कहाँ कति रेक्टरको भुकम्प गयो भन्ने यकिन भएको छैन ।

भूकम्पको धक्का खोटाङ, भोजपुर, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङसहितका जिल्लामा पनि महसुस भएको छ । यूरोपीय-भूमध्यसागरीय भूकम्प मापन केन्द्रले यो भूकम्पलाई ४.४ म्याग्निच्यूडको भनेको छ ।

यो भूकम्प भारतको दार्जीलिङबाट ९० किलोमिटर उत्तर पश्चिम नेपालतर्फ केन्द्रबिन्दु बनाएर पृथ्वीको १० किलोमिट भित्री सतहमा गएको उक्त केन्द्रले जनाएको छ । यो भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमानजिकै रहेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...