धनकुटामा रकम चेम्जोङलाई लाग्यो अर्काे धक्का, जिल्ला सहसचिव नै गठबन्धनका प्रवेश

Gajam ghising

धनकुटा । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिकिँदै गर्दा धनकुटामा जनता समाजवादीभित्र धमाधम पहिरो जान थालेको छ ।

जनता समाजवादी पार्टीका जिल्ला सहसचिव गजम घिसिङ सत्ता गठबन्धन दल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । घिसिङको प्रवेशले झन जनता समाजवादी पार्टीलाई संकट निम्त्याएको छ ।

यसअघि जनता समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष, नगर कार्यपालिका सदस्यसहित नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।

जनता समाजवादी पार्टी धनकुटा उपाध्यक्षसमेत रहेका धनकुटा नगरपालिका ३ का वडाध्यक्ष विकास घिमिरे, पार्टी सचिव श्रीराम रायमाझी, धनकुटा नगर कमिटी अध्यक्ष तथा धनकुटा नगर कार्यपालिका सदस्य दिलकुमार राईसहित झण्डै एकसय जना कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।
शुक्रबार मात्रै जिल्लाका सहसचिव घिसिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । धनकुटाको प्रदेश क मा रकम चेम्जोङ जसपाका तर्फबाट प्रदेशसभामा उम्मेदवार बनेका छन् । घिसिङ जसपामा प्रवेश गरेसँगै रकम चेम्जोङलाई आयँदो मंसिर ४ गते हुने निर्वाचनमा सहस पर्ने देखिएको छ ।
धनकुटा प्रदेश क मा चेम्जोङ र ख मा डम्बर कटुवाल उम्मेदवार छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा जसपाले प्रतिनिधिसभामा भने उम्मेदवार बनाएको छैन । सत्ता गठबन्धनमा रहँदा चेम्जाङ सिट बाँढफाँट समितिको सदस्य थिए । उनले प्रतिनिधिसभामा टिकटका लागि लविङ गरे पनि अन्तिम समयमा धनकुटामा सुनीलबहादुर थापालाई टिकट दिएको थियो ।

सो निर्णयप्रति असन्तुष्टी जनाउँदै आएको चेम्जोङकै कारण जसपाले एमालेसँग गठबनधन गर्न बाध्य भएको थियो । तर अनितम समयमा एमालेले पनि चेम्जोङलाई अस्वीकार गरेपछि चेम्जोङले प्रदेश सभामा एकल उम्मेदवार दिएका थिए ।

चेम्जोङसँग योपटक उनकै चेला नेकपा (एकीकृत समाजवादी) का अर्जुनकुमार राई प्रतिष्पर्धामा छन् । उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने नेकपा एमालेबाट निरन राई उम्मेदवार बनेका छन् । 

प्रतिकृया दिनुहोस