एमालेको चुनावी अभियान आज दार्चुलाबाट शुरु हुने, झापामा टुंगिने

Kp oli 15

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले आज दार्चुलाबाट चुनावी प्रचारप्रसार अभियान सुरु गर्दै छ । दार्चुलाबाट सुरु हुने चुनावी अभियान पूर्वमा पुगेर टुंगिनेछ ।

एमालेले ४ मंसिरमा तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा चुच्चे नक्सालाई समेत चुनावी एजेण्डा बनाउने ध्ययका साथ दार्चुलाबाट चुनावी अभियान सुरु गर्न लागेको हो ।

ओलीले आज बिहान ११ बजे दार्चुला सदरमुकाम खलंगामा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ । ती चुनावी सभालाई पनि ओलीले सम्बोधन गर्नेछन् । एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका चुनावी अभियानका क्रममा अध्यक्ष ओली ४० वटा जिल्लामा पुग्ने कार्यक्रम रहेको छ ।

मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तथा राजनीतिक दलहरूले आजदेखि खुला प्रचार गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगले आजदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारका लागि समयावधि तोकेको छ । आयोगका अनुसार आजदेखि निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइनेछ ।

हिजोसम्म दल र उम्मेदवारले सीमित घरदैलो कार्यक्रम गर्दै आएका थिए । खुला प्रचारको समय सुरु भएपछि दलका शीर्ष नेताहरूको चुनावी दौडाहा पनि सुरु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...