कांग्रेसले बनायो नेपाली जनसम्पर्क समन्वय तथा परिचालन उपसमिति

Mukunda subedi 14

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन सम्पन्न गर्न गठित विदेशस्थित नेपाली जनसम्पर्क समन्वय तथा परिचालन उपसमितिमा संयोजक, सचिव र अन्य सदस्यहरु थप गरेको छ ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन केन्द्रिय परिचालन समितिका संयोजक गोपालमान श्रेष्ठले नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा १६ सदस्य नेपाली जनसम्पर्क समन्वय तथा परिचालन उपसमिति बनाएका हुन् । जसको सदस्यमा अमेरिकामा रहेका निशान न्युजकर्मी मुकुन्द सुवेदीलाई मनोनय गरेको छ ।

सो उपसमितिको उपसंयोजकमा बद्री अर्याल, सचिवमा युवराज बस्ताकोटी रहेका छन् भने सदस्यहरुमा सुवेदीसहित डम्मरप्रसाद बस्नेत, कृष्णसिंह बस्नेत, सुनील श्रेष्ठ, लीलाबल्लभ दाहाल, तेजेन्द्र बानियाँ, कल्पना खड्का, गोविन्द ढकाल, किरण राई, चीना तामाङ, कल्याण कार्की, शम्भु थापा, श्यामलाल ठोक्कर र गोपाल गुरागाइँलाई सदस्यमा मनोनित गरेको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाल पौडेलद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यसअघि नेपाली कांग्रेसले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रवास समन्वय प्रचार प्रसार उपसमिति गठन गरेको थियो । जसको सदस्यमा निशान न्युजकर्मी सुवेदीलाई सदस्य मनोनित गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...