गोरखा नगरपालिका–५ का वडाध्यक्ष रानाको निधन

Khilbahadur rana

गोरखा । गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ ।

घरमै बसिरहेको वेला लडेर बेहोस भएका ३४ वर्षीय रानालाई बिहीबार दिउँसो उपचारका लागि गोरखा अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा साँझ करिब ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको ​नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरले जानकारी दिए ।

राना वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा राना नेकपा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनका श्रीमती र एक छोरा छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...