आज कुन प्रदेशको मौसम बदली हुँदैछ ? यस्तो छ मौसम

Mausam news

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । यतिबेला (शुक्रबार बिहान) पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली तथा बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

बुलेटिनअनुसार आज दिउँसो गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा तथा प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

यस्तै आज राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद्का अनुसार दैनिक रूपमा तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ । महाशाखाकी मौसमविद् सजिना शाक्यले दिएको जानकारीअनुसार अहिले बिहानको मापनअनुसार काठडमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२.६ डिग्री सेल्सियस छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...