धनकुटामा सत्ता गठबन्धनका उम्मेदवारद्धारा मौखिक प्रतिवद्धता जारी

Dkt 8

धनकुटा । आज लक्ष्मी पुजा । आजैका दिन सूर्य ग्रहण लागेको दिन । आजको दिन रमाइलो गर्ने र ग्रहण लाग्दा व्रत बस्ने दिन भने धनकुटामा सत्ता गठबन्धन दलहरु भने चुनावी कार्यक्रममै केन्द्रित बने ।

विजया दशमी, दिपावली भिन्तुना लगायतको चाडपर्वको नाममा शुभकामना आदान प्रदान तथा अगुवा कार्यकर्ता भेला गरेर आफ्नो चुनावी अभियानलाई तीव्र बनाएको सत्ता गठबन्धनले मौखिक रुपमा चुनावी प्रतिवद्धता पनि सार्वजनिक गरेको छ ।

दिनभर जसो शुभकामना आदान प्रदान र उम्मेदवार परिचय कार्यक्रम गरेको गठबन्धनका नेताहरुले जसरी पनि चुनाव जित्नैपर्ने भएकाले तन, मन र ज्यान दिएर लाग्न निर्देशन दिए । नेताहरुले पार्टीभित्र भएका गुनासा र अफ्ठ्याराहरुलाई पन्छाउँै गठबन्धनका ३ जना उम्मेदवारलाई जिताउन भरपुर लाग्न सुझाव पनि दिए ।

शुभकामना आदान प्रदान तथा अगुवा कार्यकर्ता भेलामा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धनमाया विश्वकर्मा, नेकपा एकीकृत समाजवादी धनकुटाका सचिव खगेन्द्र प्रसाद सुवेदी, नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राई, जिल्ला सचिव विजय सन्तोषी राई लगायतले आफ्नो भनाई राखेका थिए । 

मौखिक घोषण पत्र सार्वजनिक
घोषणा पत्र विनै उम्मेदवारहरुले आफ्नो चुनावी एजेण्डा सार्वजनिक गर्न सक्छन् कि सक्दैनन् ? तर, धनकुटामा प्रत्यक्षतर्फका ३ जना उम्मेदवारहरुले मौखिक चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फका २ जना उम्मेदवारहरुले पत्रकार सम्मेलन गरेर आगामी ५ वर्षको योजना मौखिक रुपमा सार्वजनिक गरेका छन् ।

आज महिला उम्मेदवारहरुले महिलाका मुद्धालाई मुख्य बनाएका छन् भने संघतर्फका उम्मेदवार सुनीलबहादुर थापाले जिल्लामा असल अभिभावकको खाँचो भएकाले आफ्नो उम्मेदवारी रहेको बताए ।

सो पत्रकार सम्मेलनमा प्रदेश क का उम्मेदवार अर्जुनकुमार राईले युवाको प्रतिनिधित्वका लागि उम्ेदवारी दिएको बताए । नेकपा (एकीकृत समाजवादी) का जिल्ला अध्यक्षसमेत रहेका राईले आफ्नो उम्मेदवारी निरन्तरताको निरन्तरता मात्रै नभएको बताए ।

प्रत्यक्ष तर्फ ख की उम्मेदवार कुसुमकुमारी श्रेष्ठ महिलाको मुद्धा मुख्य बनाएर आफु चुनावी मैदानमा उत्रिएको बताइन् । उनले लामो त्याग र वलिदानबाट प्राप्त उपलब्धिको रक्षार्थ आफु जुनसुकै तरवले लाग्ने अठोटका साथ उम्मेदवारी दिएको बताइन् ।

सो पत्रकार सम्मेदनमा समानुपातिक उम्मेदवारहरु नेकपा एकीकृत समाजवादीकी बंगलाकुमारी राई र प्रदेशतर्फ नेपाली कांग्रेसकी सुमना तिमिल्सिनाले महिलाका मुद्धालाई प्राथमिकतामा राखेको बताए ।

सत्ता गठबन्धनले धनकुटामा प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका सुनीलबहादुर थापा, प्रदेश क तर्फ नेकपा (एकीकृत समाजवादी) का अर्जुनकुमार राई र प्रदेश ख मा नेकपा माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई साझा उम्मेदवार बनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...