प्रतिनिधिसभाका उम्मेदवारले ३ वटा सम्पर्क कार्यालय खोल्न पाउने, यस्तो छ ७ बुँदे निर्देशन

Nirwachan aayog

काठमाडौं । प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुले ३ वटासम्म सम्पर्क कार्यालय खोल्न पाउने भएका छन् ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लागि राजनीतिक दल तथा उम्मेदवारहरूलाई सम्पर्क कार्यालय खोल्ने सम्बन्धमा ७ बुँदे निर्देशन दिएको छ ।

प्रदेशसभा सदस्यका उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाउनेछन् । आयोगका अनुसार प्रदेश र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवारहरुले भने एउटा मात्र सम्पर्क कार्यालय खोल्न पाइने छ ।

आयोगले प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भएमा त्यस्तो घरको घर भाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्ने जनाएको छ ।

७। राजनीतिक दल वा उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गरेको जानकारी निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा तुरुन्त उपलब्ध गराउन निर्देशन दिएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ अनुसार आयोगले संविधान र प्रचलित कानुनको अधिनमा रही दलले गर्ने काम कारबाही सञ्चालन गर्दा पालना गर्नुपर्ने विषयमा आवश्यक निर्देशन दिन सक्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...