प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित

Bhucha sammanit

विराटनगर । प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित भएका छन् । उनी नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा उनी कार्यरत छन् ।

नेपाल प्रहरी दिवसको अवसरमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरीको ६७औं दिवसमा प्रदेश प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी निरीक्षक बुचालाई प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरले सम्मान गरेको हो । उनी रुपन्देहीको बुटवल निवासी हुन् ।

प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनावमा जोखिमपूर्ण काम गरेकाले उनलाई सम्मान गरिएको प्रहरीले जनाएको छ ।

सो सम्मान कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, प्रदेश प्रहरी प्रमुख सुदीप गिरी लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...