सुवेदी कांग्रेसको प्रवास समन्वय प्रचार प्रसार उपसमिति सदस्य नियुक्त

Mukunda subedi

काठमाडौं । नेपाली कांग्रेसले आशन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा प्रवासमा रहेका नेपालीहरुलाई पनि प्रचार अभियानमा जोडेको छ । सोही क्रममा अमेरिकामा रहेका निशान न्युजकर्मी मुकुन्द सुवेदीलाई प्रचार प्रसार उपसमितिमा राखेको छ ।

नेपालमा रहँदा लामो समयसम्म पत्रकारिता गरेको सुवेदी हाल अमेरिकामा छन् । सुवेदीलाई नेपाली कांग्रेसका प्रचार विभागका सदस्य किरणराज पौडेलको संयोजकत्वमा गठित नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन प्रवास समन्वय प्रचार प्रसार उपसमिति सदस्यमा नियुक्त गरेको हो ।

कांग्रेसले आमागी मंसिर ४ मा हुने निर्वाचनमा सत्ता गठबन्धनलाई जिताउन देश विदेशमा रहेका नेपालीलाई आव्हान पनि गरेको छ । सोही अनुरुप विदेशमा रहेका आफ्ना सदस्यहरुलाई विभिन्न उपसमितिहरुमा राखेर परिचालन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...