कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रम अनिश्चित कालका लागि स्थगित

Nepali congress bilding

काठमाडौं । नेपाली कांग्रेसको संकल्प पत्र सार्वजनिक कार्यक्रम अनिश्चित बनेको छ । आज सोमबारका लागि तय गरिएको कार्यक्रम स्थगित भएसँगै संकल्प पत्र सार्वजनिक गर्ने कार्यक्रम अनिश्चित बनेको हो ।

आजका लागि तय भएको कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकरी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन -२०७९ को सङ्कल्प पत्र आज बिहान साढे १० बजे पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्ने तय भएको थियो । आजका लागि तय भएको कार्यक्रम स्थगित भए पनि अर्को कार्यक्रमको मिति तय भएको छैन ।

‘प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन ९ २०७९ नेपाली कांग्रेसको सङ्कल्प पत्र नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाबाट २०७९ कात्तिक ७ गते बिहान १०ः३० बजे सार्वजनिक गरिने भनिएकोमा उक्त कार्यक्रम अर्को सूचना नहुञ्जेलसम्मका लागि स्थगन गरिएको व्यहोरा जानकारी गराइन्छ’ विज्ञप्तिमा भनिएको छ।

समितिले अध्ययन र विश्लेषण उपसमिति र प्रारम्भिक मस्यौदा उपसमिति गठन गरेको थियो । समितिले स्वर्णिम वाग्लेको संयोजकत्वमा घोषणापत्र प्रारम्भिक मस्यौदा उपसमिति पनि गठन गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...