कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता

Apurba chitij

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी हिरासतमा रहेका कमेडियन अपूर्व क्षितिजविरुद्ध एकसाथ जिल्ला अदालतमा ४ वटा मुद्दा दर्ता गरेको छ ।

अपूर्वमाथि नेवाः समुदायको भावनामा आँच पु¥याएको आरोप छ । कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकको सामग्रीमा नेवारी समुदायले आपत्ति जनाएको थिए । विवाद भएपछि सिंहले सो भिडियो युट्युबबाटै हटाएका छन् । उनी भदौ १२ मा पहिलोपटक पक्राउ परेका थिए ।​

उनीमाथि जातीय विवेद विरुद्धको कसुर, सार्वजनिक शान्ति खलल पुर्याउन नहुने कसुर, सामाजिक रीतिथिति खलल गर्न नहुने कसुरका साथै सार्वजनिक सेवा अवरुद्ध गर्न नहुने, जातीवादका आधारमा छुवाछुत गर्न नहुने र अपमानजनक व्यवहार गर्न नहुने कसुरमा मुद्दा दायर गरेको हो ।

जातीय विभेदसम्बन्धी कसुर गरेको आरोपमा प्रहरीले उनलाई असोज ३१ मा दोस्रोपटक पक्राउ गरेर हिरासतमा राखेको थियो । कोरोना भाइरस संक्रमण भएपछि यसअघि उनी भदौ २२ मा हाजिर जमानीमा रिहा भएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...