राप्रपा नेपालका असन्तुष्ट पादाधिकारीले भेटे माओवादी अध्यक्ष प्रचण्डलाई

Maobadi raprapa bhet khumaltar

काठमाडौं । पार्टी अध्यक्ष नै एमालेको सूर्य चिन्हबाट निर्वाचनमा भाग लिएपछि असन्तुष्ट बनेका राप्रपा नेपालका पाँच पदाधिकारीले नेकपा माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले एमालेको चिन्ह लिएर मकवानपुर १ बाट चुनाव लड्न लागेपछि असन्तुष्ट उपाध्यक्ष श्याम तिमल्सिना, महामन्त्री केशव श्रेष्ठ, सहमहामन्त्री दमन बस्नेत, कोषाध्यक्ष ज्ञानेन्द्र कार्की र प्रवक्ता सुरेश आचार्यले माओवादी अध्यक्ष प्रचण्डलाई खुमलटार निवासमा गएर भेट गरेका हुन् ।

भेटमा नेताहरुबीच एक घण्टा छलफल चलेको थियो । राप्रपाका पदाधिकारीहरुले प्रचण्डलाई राजनीतिको केन्द्र रहेको नेता भन्दै गोरखाबाट चुनाव जिताउन सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

राप्रपा नेपालले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा मकवानपुर–१ बाहेक अन्य क्षेत्रमा आफ्नै चुनाव चिन्ह लिएर लड्दैछ । श्याम तिमल्सिना भने केही समय अघि मात्र राप्रपा नेपाल प्रवेश गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...