मनसुन बाहिरिएसँगै देशभर बढ्न थाल्यो चिसो

Chiso badhyo

काठमाडौं । मनसुन अर्थात् वर्षायाम बिदा भएसँगै देशभर चिसो महसुस हुन थालेको छ । केही दिनयता बिहान–बिहान चिसो हुन थालेको हो ।

साँझतिर पनि अहिले खासै चिसो बढेको छैन । बिहानको तापक्रम मात्र केही घटेको छ । यस वर्षको मनसुन केही दिन ढिला गरी गत आइतबार (अक्टोबर १६) मा नेपालबाट बाहिरिएको हो । नेपालबाट मनसुन हट्ने औसत मिति अक्टोबर २ तारिख हो ।

‘अहिले न्यूनतम तापक्रम केही घटेको छ’, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईले भने, ‘दिउँसोको अर्थात् अधिकतम तापक्रम भने अहिले घटेको छैन ।’

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । मनसुन बिदा भएको र विन्टर सुरु भइनसकेको अवधिलाई पोस्ट मनसुन हुन्छ । नोभेम्बर महिनाभर पोस्ट मनसुन रहन्छ । डिसेम्बरदेखि भने विन्टर अर्थात् हिउँदयाम सुरु हुन्छ

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...