मानवशास्त्री डा. ओम गुरुङको निधन

Om gurung

काठमाडौं । मानवशास्त्री ओम गुरुङको निधन भएको छ । गुरुङको हरिसिद्दि क्यान्सर अस्पतालमा उपचारका क्रममा ६८ वर्षे गुरुङको सोमबार निधन भएको हो ।

ुउनलाई क्यान्सर देखिएपछि नयाँ दिल्लीमा उपचार गरिएको थियो । पछि नेपालमा पनि क्यान्सरको उपचार हुँदै आएको थियो । आइतबार उनलाई अफ्ठ्यारो भएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आज १ बजेर ४५ मिनेटमा निधन भएको हो ।

उनी त्रिवि समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख रहेका बेला नेपालको सामाजिक समावेशीकरण सम्बन्धी विस्तृत किताब सोसल इन्क्लुजन एटलस अफ नेपाल सार्वजनिक भएको थियो । नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव समेत रहेका गुरुङ हाल नेकपा क्रन्तिकारी माओवादीको सल्लाहकार समितिको अध्यक्ष समेत थिए ।

त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका गुरुङ १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए । उनको जन्म २०११ माघ २९ मा बागलुङको ताराखोलामा भएको थियो । १९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधि गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...