झ्यालको डण्डी काटेर भैरहवा बालसुधार गृहबाट भागे ५ जना किशोर

Bal sudhar griha bhairahawa

बुटवल । रूपन्देहीको भैरहवास्थित बाल सुधार गृहबाट ५ जना किशोर भागेका छन् । भान्साको झ्यालको डण्डी काटेर उनीहरु भागेका हुन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरलाई राखिएको छ ।

सुधारगृहमा रहेकामध्ये नवलपरासीका ३ जना, रुपन्देही र कपिलवस्तुका एक एक जना किशोर सोमबार विहान ३ बजेतिर भागेको बालसुधार गृहले जनाएको छ । भागेकामध्ये ३ जना जवरजस्ती करणी, एकजना चोरी र एक जना लागु औषध मुद्दामा अभियोग प्रमाणित भई सुधार गृहमा राखिएका थिए ।

५ बर्षअघि निर्माण भएको बालसुधार गृहको सुरक्षाको लागि प्रहरी नायव निरीक्षकको नेतृत्वमा १० जना प्रहरीको दरबन्दी रहेको छ । भागेकाहरुको विशेष प्रहरी टोली परिचालन गरी खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता श्याम अर्यालले जानकारी दिए ।

फौजदारी मुद्दामा दोषी प्रमाणित भएका तर १८ वर्ष उमेर नपुगेकाहरुलाई जेलको सट्टा बाल सुधार गृहमा राख्ने गरिन्छ । सुधार गृह स्रोतका अनुसार भान्साको झ्यालको डण्डी काटेर उनीहरु भागेका हुन् । ६० जनाको क्षमता रहेको सुधार गृहमा ८८ जना किशोरलाई राखिएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...