तरकाी बोकेर गुडिरहेको भ्यानमा अचानक आललागी

Van aagolagi

धनकुटा । धनकुटाको साँगुरीगढी–६ भेडेटार नजिक चारखोलेमा सोमबार बिहान गुडिरहेको भ्यानमा आगलागी भएको छ ।

तरकारी बोकेर धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश नं. २, ०१००१ च २४१ नम्बरको गाडीमा बिहान २ बजेर २० मिनेटमा आगलागी भएको हो । गुडिरहेको बेला अकस्मात वायरिङ सट भई आगो लागेको प्रहरीले जनाएको छ ।

गाडी चालक सिरहा मिर्चैयाका अनिश दर्लामीसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । गाडीमा सवार दुई यात्रु भने सकुशल छन् । गाडीको इन्जिनसहित अघिल्लो भागमा पूर्णरुपमा क्षति पुगेको छ ।

१० दिनको फरकमा गाडीमा आगलागी भएको यो दोस्रो घटना हो । यसअघि गत असोज २१ गते पनि भेडेटार नजिकै यात्रुबाहक बसमा आगलागी भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...