नवौं राष्ट्रिय खेलकुद : पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा सेनाका खेलाडीको मृत्यु

Paraglide accidenta

पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्याराग्लाइडिङमा भाग लिएका सेनाका खेलाडीको दुर्घटनामा परी मृत्यु भएको छ । प्याराग्लाइडिङ अनियन्त्रित भइ दुर्घटना हुँदा नेपाल त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशमा उडिरहेको अवस्थामा उनी अन्दाजी १०० मिटर माथिबाट खसेका थिए । ग्लाइडर दुर्घटनामा परेपछि उनलाई सराङकोटबाट तत्काल उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो । चिकित्सकले उपचारको क्रममा १२ बजेर ४५ मिनेटमा उनलाई मृत घोषित गरेका हुन् ।

पोखरा–१० अस्पताल चोक बस्ने उनी सराङकोटमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ खेल चलिरहेको अवस्थामा प्याराग्लाइडिङ अनियन्त्रित भएपछि उडेको ५ करिब मिनेटमै खसेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...