डडेलधुरामा एकीकृत समाजवादी र कांग्रेस (बीपी) बीच चुनावी तालमेल

Karna mall and samajbadi dadeldhura

काठमाडौं । स्वतन्त्र उम्मेदवारलाई सघाएको भन्दै नेकपा एमालेले चुनावी तालमेल भंग गरेपछि नेपाली कांग्रेस (बीपी) ले नेकपा एकीकृत समाजवादीसँग तालमेल गर्ने भएको छ । शनिबार दुबै पार्टीले डडेल्धुरामा संयुक्त पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा तालमेल गरेर जाने सहमति भएको जानकारी दिएका छन् ।

प्रतिनिधिसभामा कांग्रेस (बीपी) का कर्णबहादुर मल्ललाई नेकपा एकीकृतले सघाउनेछ भने उसले प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका नेता डा. तारा जोशीलाई सहयोग गर्नेछन् ।

जोशीले पार्टी परित्याग गरेर स्वतन्त्र उम्मेदवारी दिए पनि तालमेल गर्ने सहमतिमा उनीसहित एकीकृत समाजवादीका जिल्ला अध्यक्ष कबिन्द्र विष्टले समेत हस्ताक्षर गरेका छन् । जोशी, कांग्रेस (बीपी) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष विष्टबीच ६ बुँदे सहमति भएको छ ।

समझदारी विपरीत कांग्रेस (बीपी) ले स्वतन्त्र उम्मेदवारलाई सघाउन लागेको भन्दै नेकपा एमालेले शुक्रबार मात्र तालमेल तोडेको घोषणा गरेको थियो । त्यसको भोलिपल्टै कांग्रेस (बीपी) र एकीकृत समाजवादीबीच सहमति भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...