प्रदेश १ बाट बाहिरियो यो वर्षको मनसुन

Mausam news

काठमाडौं । प्रदेश १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको छ । जन तथा मौसम पूर्वामानुमान महाशाखाका अनुसार यो वर्षको मनसुन २२ जेठमा पूर्वी भूभागबाट प्रवेश गरेको थियो ।

यो वर्ष मनसुन बाहिरिने बेला पश्चिम नेपालमा ठूला वर्षा भएको थियो ।जसले ठूलो जनधनको क्षति भएको छ । शहरहरु डुवानमा परे भने मानवीय क्षति समेत भयो । धेरै सडकहरु भत्किए । वर्षाका कारण पाक्न लागेको अन्नवालीसमेत नष्ट बन्यो ।

सरदर अक्टोबर २ (१६ असोज) मा नेपालबाट बाहिरिने भए पनि यसवर्ष केही दिन ढिलो गरी बहिर्गमन सुरु भएको विभागले जनाएको छ । आज शनिबारबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ ।

‘बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने सम्भावना छ,’ मौसम पूर्वानुमान विभागले भनेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...