धनकुटाका १६ वटा मतदान केन्द्र अति सम्बेदनशील, ४९ वटा संवेदनशील

Election office dhankuta

धनकुटा । आगामी मंसिर ४ गने हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि धनकुटामा रहेका मध्ये १६ ओटा मतदान केन्द्र अति संवेदनशील रहेका छन् ।
जिल्ला सुरक्षा समितिका अनुसार धनकुटामा १६ ओटा मतदान केन्द्रलाई अति संवेदनशील, ४९ ओटालाई संवेदनशील र ५४ ओटालाई सामान्यमा वर्गीकरण गरिएको छ ।

सुरक्षा संवेदनशीलताका दृष्टिकोणले मतदान केन्द्रको वर्गीकरण गर्ने क्रममा धनकुटामा रहेका १ सय १९ वटा मतदान केन्द्रमध्ये १६ ओटा मतदान केन्द्र अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

भौगोलिक विकटता, मतदाता र मतदान केन्द्रको दूरी र सुरक्षा पोष्टको पहुँचसहितका विभिन्न सूचकलाई आधार मानेर मतदान केन्द्रको वर्गीकरण गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए वर्गीकरणमा परेका मतदानस्थल भने सुरक्षाको दृष्टिकोणले सार्वजनिक गर्न नमिल्ने प्रमुख जिल्ला अधिकारी कट्टेलको भनाइ छ ।

प्रतिनिधि सभाका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको धनकुटामा १ सय १९ मतदान स्थलमा १ सय ६२ मतदान केन्द्र छन् । यस्तै प्रदेश निर्वाचन क्षेत्र नं। क मा ६४ मतदान स्थलमा ८७ मतदान केन्द्र रहेका भने प्रदेश निर्वाचन क्षेत्र नं। ख मा ५५ मतदान स्थलमा ७५ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...