प्रतिनिधिसभातर्फ ११९, प्रदेशसभातर्फ २५७ उम्मेदवारी फिर्ता

Nirwachan aayog

काठमाडौं । आगामी मंसिर ४ गते हुने संसदीय निर्वाचनका लागि उम्मेदवारी फिर्ता गर्ने म्याद बुधबार दिउँसो १ बजे सकिएको छ । निर्वाचन आयोगले दिएको समयसीमाभित्र प्रदेश र प्रतिनिधिसभातर्फ झन्डै ४ सयजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार दर्ता भएका उम्मेदवारमध्ये प्रतिनिधिसभातर्फ मात्रै ११९ जनाले फिर्ता लिएका छन् । पौडैलका अनुसार प्रदेशसभातर्फ पनि २५७ उम्मेदवारी फिर्ता भएको प्रारम्भिक विवरण देशभरबाट आएको छ ।

आयोगका अनुसार प्रतिनिधिसभातर्फ २४१२ उम्मेदवारी परेको थियो। जसमा पुरुष २१८७ र महिला २२५ जना रहेका छन् । अर्कातिर प्रदेशसभातर्फ ३२२४ उम्मेदवारी परेको छ। जसमा पुरुष २९४३ र महिला महिला २८० जना छन् । त्यस्तै एकजना अन्यको पनि उम्मेदवारी प्रदेशमा परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...