धनकुटा कांग्रेसले गर्‍यो बागी उम्मेदवार दाहाललाई कार्वाही

Balananda dahal

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष बालानन्द दाहाललाई साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धन कायम रहेका बेला दाहालले धनकुटा प्रदेश ख मा उम्मेदवारी दिएका थिए । नेपाली कांग्रेसले उनलाई निर्वाचन आयोगले दिएको समयसीमा भित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेको थियो ।

आयोगले दिएको समयसीमाभित्र उम्मेदवारी फिर्ता नदिएपछि उनलाई साधारण सदस्यतासमेत नहरनेगरी कारवाही गरेको नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

धनकुटाको महालक्ष्मी १ निवासी दाहालले पार्टी हित विपरित कार्य गरेको भन्दै नेपाली कांग्रेसको केन्द्रिय कार्य समितिको निर्देशन बमोजिम नेपाल विद्यार्थी संघको धनकुटा अध्यक्ष र क्रियाशील सदस्यता समेतबाट हटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...