कालिकोटमा मलामी गएका नवनिर्वाचित वडाअध्यक्ष शाहीसहित १३ जना बेपत्ता, खोजी कार्य जारी

Param bahadur shahi kalikot

काठमाडौं । कालिकोटको तिलागुफा–४ राँचुलीमा मलामी गएका १३ जना बेपत्ता भएका छन् ।

आइतबार तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरुको भागाभाग भएको थियो । तिनैहरुमध्ये १३ जना हराएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिए ।

शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको अन्तिम संस्कारका लागि तिलाकर्णाली नदीमा मलामी गएकाहरु पहिरोमा परेका हुन् । त्यो गाउँका वडाध्यक्ष परमबहादुर शाहीसहित पहिरोमा परेका हुन् । लगातारको वर्षाका कारण सडक अवरुद्ध हुँदा घटनास्थलमा पुग्न समस्या छ । घटनास्थलसम्म पुग्न करिब ४ घण्टा लाग्छ ।

पहिरोमा पुरिएर तिलागुफा नगरपालिका ४ का नवनिर्वाचित वडाअध्यक्ष परमबहादुर शाहीसहित १३ जना बेपत्ता भएका कालिकोटका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।
बेपत्ता हुनेहरुमा कालिकोट तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालिबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३१ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धन शाही छन् ।

त्यसैगरी ७६ वर्षीय अलि शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय भक्तबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५९ वर्षका परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २३ वर्षीय प्रशान्त शाही पहिरोमा पुरिएर बेपत्ता भएका छन् ।

गाउँका अन्य घरहरु पनि पहिरोको जोखिममा परेकाले केही स्थानीयवासी कालिका माविमा आश्रय लिएर बसेको पनि प्रजिअ शर्माले बताए । त्यहाँ करिब १०० घर छन् । बालबालिकाहरुसमेत गरी ५ सय जतिले स्कुलमा आश्रय लिएर बसेको अनुमान गरिएको प्रजिअ शर्माले बताए ।

मौसम सुधार भएपछि हेलिकोप्टरबाट उनीहरुलाई उद्धार गर्ने तयारी पनि गरिएको उनले जानकारी दिए । तिलाकर्णाली नदीमा लाश जलाउँदै गर्दा खसेको पहिरोमा पुरिएर उनीहरु बेपत्ता भएको प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

उनका अनुसार घटनाबारे सोमबार बिहान मात्रै खबर आएको हो । रिमालका अनुसार बाढी र पहिरो लगातार आइरहेकाले बेपत्ता भएकाहरुको उद्धार र खोजी हुन सकेको छैन । खबर आउनेबित्तिकै घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...