गण्डक बाँध फुट्दा सुस्तामा पस्यो बाढी, करिव ५० घर डुवानमा

Sustama badhi

परासी । लगातार आएको बर्षाले गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुट्दा पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका ५ सुस्ता बस्तीमा बाढी पसेको छ ।

नारायणी नदीमा आएको बाढीका कारण गण्डक बाँधअन्तर्गत ठोक्कर नम्बर १ को बाँध फुटेर बस्तीतर्फ पानी पस्दा करिव ५० घर डुवानमा परेका छन् । फुटेको बाँध अहिले स्थानीय र सुरक्षाकर्मीले थुन्ने प्रयास गरिरहेका छन् ।

नारायणी नदीको बहाव बढ्दो भएकाले बाढीको थप जोखिम रहेको भन्दै सुस्ताका स्थानीयलाई सुरक्षाकर्मीले सामुदायिक भवन र विद्यालयमा सुरक्षित स्थानमा सारेका छन् ।

सुस्तामा रहेका सुरक्षाकर्मी र स्थानीयले जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा राखेको र थप सहयोग पठाउन लागिएको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल बताए ।

तीनतर्फबाट नारायणी नदी र एकतर्फबाट भारतीय सिमाना रहेको सुस्ता बस्तीमा उद्धारका लागि पनि भारतीय भुमि हुँदै जानुपर्ने बाध्यता छ । वर्षौंदेखि नारायणी नदीमा पुल निर्माण नहुँदा डुंगामा आवतजावत गनुपर्ने बाध्यता छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...