दलित मुक्ति संगठनका २ जना नेताको निधन, संगठनद्धारा दुःख व्यक्त

Dalit leader nidhan

काठमाडौं । एक हप्ताको बीचमा नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनका दुई जना नेताको निधन भएको छ ।

आज केन्द्रीय कमिटी सचिवालय सदस्य तथा मधेशी दलित विभागका उपप्रमुख विक्रम रामको निधन भएको छ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार परिषद सदस्यसमेत रहेका विक्रम रामको आज ७० वर्षको उमेरमा निधन भएको हो । उनी राष्ट्रिय दलित आयोगका पूर्व सदस्य समेत हुन् ।

यही असोज १२ गते मात्रै पनि बाराकै सक्कल रामको पनि निधन भएको । सक्कल राम नेपाल दलित मुक्ति संगठनको केन्द्रिय सदस्य र नेकपा एकीकृत समाजवादीको सल्लाहकार थिए ।

बाराका दुई जना नेताको निधनले पार्टी, दलित आन्दोलन र संगठनलाई क्षति पुगेको संगठनका अध्यक्ष गणेश विश्वकर्माले बताए । उनले आज एक विज्ञप्ती जारी गर्दै संगठनका २ जना नेताको निधनले सिंगो संगठन स्तब्ध भएको र दलित मुक्ति आन्दोलन तथा पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...