बाराको अमलेखगन्जमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, २० जना घाइते

मृत्यु हुनेमा ८ पुरुष र ६ महिला, सनाखत हुन बाँकी

Bus accident bara

बारा । बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ भने २० जना गम्भीर घाइते छन् ।उनका अनुसार मृत्यु हुनेमा ८ पुरुष र ६ महिला छन् । उनीहरुको सनाखत हुन बाँकी छ ।

नारायणगढबाट पथलैया हुँदै वीरगञ्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए । मकवानपुर प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतमका अनुसार १० जनाको घटनास्थल र दुई जनाको हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घाइतेखको हेटौंडास्थित जिल्ला अस्पताल, सन्चो अस्पताल र चुरे हिल्स हस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

बसमा ३५ देखि ४० जना यात्रु रहेको प्रहरीले बताएको छ । घटनामा ठूलो क्षति भएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बस तीन नम्बर पुल नजिकैको मोडमा नमोडिकन सडकबाट करिब १५ मिटर तल खोलामा खसेको थियो । मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी रहेको उनले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...