मौसमी प्रणालीले झरीमय बन्यो दशैं, आज राति यी प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना

Mausam news

काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा जारी छ । दक्षिण-पश्चिम बङ्गालको खाडीमा बनेको न्यून चापीय प्रणालीले यो वर्षको दशैं झरीमय बनेको छ ।

न्यून चापीय क्षेत्रको प्रभावका कारण महानवमीदेखि लगातार पानी परिररहेको छ । पछिल्लो ६ घण्टादेखि विभिन्न प्रदेशमा वर्षा हुँदा यो पटकको दशैं पनि झरीमय बनेको छ ।

प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी लगायतका प्रदेशमा धेरै पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (बुधबार साँझ) देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो समयमा झापा, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, सप्तरी, ओखलढुङ्गा, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, पाल्पा, अर्घाखाँची, गुल्मी, नवलपरासी, रोल्पा, रूकुम पूर्व, प्यूठान लगायतका जिल्लामा भारी वर्षा भएको महाशाखाले जानकारी दिएको छ । भारी वर्ष भएपछि ती क्षेत्रका साना खोलामा आकस्मिक बाढी आउनसक्ने भन्दै सचेत हुन अनुरोध गरेको छ ।

मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति प्रदेश १ र मधेश प्रदेशमा सामान्य बदली तथा अन्य प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही तथा लुम्बिनी प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।

जसमा भनिएको छ : गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै, प्रदेश १ र बागमती प्रदेशका केही, तथा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा प्रदेश २ र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिमका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना छ । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने साथै कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...