सरकारी जग्गा कब्जा गरेर यसरी रजाइँ गरिरहेका छन् माओवादी नेता ल्यारक्लाल लामा

Dr. larkyal lama

बालुवाटार । एक ताका बालुवाटारको ललितानिवास प्रकरणले खुब बजार पिटेको थियो । सरकारी जग्गा व्यक्तिको नाममा कसरी दर्ता भयो भनेर, सबै अचम्म परेका थिए ।

त्यो मुद्दामा तत्कालीन प्रधानमन्त्रीदेखि तत्कालीन विभागीय मन्त्री, नेपाल सरकारका सचिव, मालपोतका हाकिम सबैको मिलेमतो थियो ।

तर, यहाँ कसैलाई थाहै नदिई सरकारी जग्गा कब्जा गर्नेहरुको पनि ताँती रहेछ । सार्वजनिक पद धारण गरिसकेका, समाजमा आफ्नो एउटा उचाई बनाइ सकेका व्यक्तिहरुबाटै सरकारी जमिन कब्जा हुनु दुभाग्र्य मात्रै होइन, कारबाही योग्य हो ।

त्यसरी सरकारी जग्गा हडप्नेको सूचीमा कुनै समय सांसद भएर अर्थराज्यमन्त्री समेत भइसकेका र आफुलाई बौद्ध धर्मगुरु भनी चिनाउने ल्यारक्याल लामा पनि परेका छन् ।

उनले बुढानीलकण्ठ नगरपालिका २ गणेशचोकमा रहेको घरसँगै रहेको सरकारी जमिनकब्जा गरेर लामो समयदेखि भोगचलन गरिरहेका छन् । उनको प्रवेशद्वार(गेट)भित्र बनाइएको पार्किङ र आँगनसम्म सरकारी एवं पर्ति जग्गा पर्छ । र, उनले अहिले काँडेतार हालेको जमिन र जंगल समेत सरकारी जग्गा हो ।

हेरौँ यो, लामाले काँडेतारबार गरेको सरकारी जग्गा

उनले यसरी काँडेतारबार गर्दा र जंगल पाल्दा सँगै रहेको सुकुम्बासी बस्तीलाई असर परेको छ । सरकारी जग्गा रहेको ठूलो क्षेत्रमा सुकुम्बासीहरु बसिरहेका छन् । लामाको घरबाट बग्ने पानीले तल बस्नेलाई सकस भइरहेको छ ।

लामाले बाटोबाटै मेसिनरी वाल लगाएर सरकारी जमिनमा रजाइँ गरिरहेका छन् । लामाको घर नेरको बाटो जहिल्यै कालो लेदो माटो बगेर अवरुद्ध हुने भएका कारण पर्खाल लगाउँदा त्यो रोकिएको र अहिले बाटो प्रभावित नभएको जिकिर गरिएको छ ।

तर, जे सुकै भए पनि आफ्नो निहित स्वार्थका लागि झण्डै २ करोड लागत लाग्ने पर्खाल लामाले किन बनाए ? त्यसका लागि स्थानीय सरकार वा राज्य थिएन ? बाटोको बहानामा सरकारी जग्गा कब्जा गर्नुले उनको नियत प्रष्ट हुन्छ ।

लामासंग यो विषयमा बुझ्न खाेज्दा धेरै बोल्न मानेनन् । उनले नगरपालिका वा वडा कार्यालयसँग पनि कुरा गर्न चाहेनन् । पत्रकारलाई त ठाडै कुन् पत्रकार ? …..लामा थरका एक जना पत्रकार भनेका ल्यारक्याल लामाका एक जना सहयोगीले ‘उहाँ अथाह सम्पत्ति भएको व्यक्ति त्यसरी सरकारी जग्गा नै भोगचल गर्नु पर्ने मान्छे त होइन उहाँ’भने।

उनले लामाको बचाउ गर्दै ८०० जना बालबालिकालाई पढाउने लेखाउने देखि सबै रेखदेख गरिरहेको एक जना विल धर्म गुरुबारे समाचार नआओस् भनी खप्तडटिभीलाई आग्रह गरे । तर, उनका धर्मगुरुले गरेको कार्य महान होइन । पतित काम हो । र, राज्यको जग्गा कब्जा गर्नु महापाप हो । उनी धर्मगुरु मात्र होइनन्, अहिले सत्तामा रहेको माओवादी केन्द्रका केन्दीय सदस्य समेत हुन् । सरकारी जग्गा नै कब्जा गर्ने व्यक्ति कसरी जनताको प्रतिनिधि वा नेता हुनसक्ला ?

गणेशमन्दिरकै आडमा रहेको लामाको घर जग्गा ८ आना भनिएको छ । तर, उनले ५–६ आनात सरकारी जग्गा नै ओगटेका छन् । हुँदा हुँदा उनले सुकुम्बासी बस्ती पट्टीको जंगलसमेत कब्जा गरेका छन् । उनले काँडेतार लगाएको दिन २ नम्बर वडाका वडाध्यक्ष राजेन्द्र श्रेष्ठ उनलाई सचेत गराउन भनी घरमै पुगे ।

काम गर्नेलाई वडाध्यक्ष श्रेष्ठले केही भनेनन् । लामालाई गेटबाहिर उभिएर २०–३० कलफोन हाने । लामाले मरि गए फाेन भने उठाएनन् ।

पछि वडाध्यक्ष श्रेष्ठ घर पुगि सकेपछि ९ बजेतिर उनले फोन गरेर झुठ बोले । मलाई डेंगु लागेको भएर त्यतिबेला कुरा गर्न पाइँन भने ।

अहिलेको मुलुकी अपराध संहिताले सार्वजनिक स्थलमा व्यक्तिले सिसिटिभी जोड्नु गैरकानूनी हो भनेको छ । तर, लामाले बाटोतिरै फर्काएर गेट बाहिरै सिसिटिभी जोडेका छन् । त्यही सिटीटिभी हेरेर उनले वडाध्यक्षको फोन उठाएनन् ।

घरमै भए पनि उनी अनेक बहाना बनाउँछन् । उसै परे उनी पछाडिको बाटो भएर बाहिर निस्किन्छन् । हामी रिपोर्टिङमा निस्किएको दिन, लामा एक जना धर्म गुरुसँग कुरा गरिरहेका थिए । जुन ठाउँमा उनी बसेर गफ गरिरहेका थिए त्यो पनि सरकारी जग्गा रहेछ ।

यो हो, उनको जग्गाको नक्सा र सरकारी जग्गा

२ नम्बर वडा कार्यालयले सरकारी जग्गा खाली गर्न भनेर ३५ दिने सूचना प्रकाशित गरिसकेको छ ।  अब लामाले गेट हटाउनु पर्ने छ भने सरकारी जग्गा परेको ठाउँबाट बाटो बनाइने बताइएको छ । विवादित लामाको विगतबारे धेरैलाई थाहा नै छ । सरकारी जग्गा नै कब्जा गरेको जानकारी भने पहिलो पटक आएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...