दलित मुक्ति संगठनले गर्‍यो ३ जना केन्द्रिय नेतालाई कारवाही

Sundar bk

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलित मुक्ति संगठनले केन्द्रिय उपाध्यक्षसहित ३ जना नेताहरुलाई साधारण् सदस्यता समेत नरहनेगरी कारवाही गरेको छ ।

दलित मुक्ति संगठनले संगठनका केन्द्रिय उपाध्यक्ष सुन्दर विश्वकर्मा, केन्द्रिय सचिव दशरथ राम र मधेश प्रदेशका अध्यक्ष मिन रहपाललाई साधारण सदस्यता समेत नरहनेगरी कारवाही गरेको हो ।

तिन जनाले संगठनको विधान विपरित संगठनलाई दुरुपयोग गरी संगठन विरोधी गतिविधिमा संलग्न भई अनुशासनहिन काम गरेको पुष्टी भएपछि सम्पूर्ण पदसहित साधारण सदस्य समेत नरहने गरी निस्कासन गरेको संगठनका अध्यक्ष गणेश विश्वकर्माले बताए ।

अध्यक्ष विश्वकर्माले उनीहरु पार्टी र संगठनको विरुद्ध लागेको पुष्टि भएपछि नेपाल दलित मुक्ति संगठनको अन्तरिम विधान २०७८ को धारा ५ अनुसार कारवाही गरिउको विज्ञप्तीमार्फत उल्लेख गरेका छन् ।

सो विज्ञप्तमिा निजहरुको यस दक्षिणपंथी अवसरवादी चरित्र र आन्दोलनलाई धोका दिने प्रवृतिबाट कोही पनि भ्रममा नपर्न आव्हान पनि गरिएको छ ।

विश्वकर्मा मधेश प्रदेशको निवर्तमान सदस्य हुन् । उनी नेकपा एमाले विभाजन हुँदा माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा (एकीकृत समाजवादी) मा लागेका थिए । तर पछिल्ला केहि दिनयता उनको गतिविधि पार्टी विरोधी थियो ।

यस्तो छ विज्ञप्ती
नेपाल दलित मुक्ति संगठनका केन्द्रीय उपाध्यक्ष सुन्दर विश्वकर्मा, केन्द्रीय कमिटी सचिव दशरथ राम तथा मधेश प्रदेश कमिटीका अध्यक्ष मीन रहपाल हाम्रो संगठनमा विद्रोहको समयदेखि नै विभिन्न पद तथा अवसरको शर्तमा संगठनमा रहेको सर्वविदितै छ । साथै निजहरु सुनियोजित रुपमा पार्टी र संगठन विपरित काम गर्ने, योजना अनुसार जिम्मेवारी पूरा नगर्ने, एक पछि अर्का शर्तहरु राख्ने कामहरु गरिरहेकै थिए ।

आज २०७९ असोज १३ गते विभिन्न संचार माध्यममा प्रकाशित समाचार अनुसार निज तीन जनाले हाम्रो संगठनको विधान विपरित संगठनलाई दुरुपयोग गरी संगठन विरोधी गतिविधिमा संलग्न भई अनुशासनहिन काम गरेको पुष्टी भएको हुनाले नेपाल दलित मुक्ति संगठनको अन्तरिम विधान २०७८ को धारा ५ अनुसार सम्पूर्ण पदसहित साधारण सदस्य समेत नरहने गरी निश्कासन गरेको व्यहोरा यसै प्रेस विज्ञप्ति मार्फत अवगत गराउन चाहन्छौं । साथै, निजहरुको यस दक्षिणपंथी अवसरवादी चरित्र र आन्दोलनलाई धोका दिने प्रवृतिबाट कोही पनि भ्रममा नपर्न आव्हान गर्दछौं ।

गणेश विश्वकर्मा
केन्द्रीय अध्यक्ष

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...