आमाको आशिर्वाद लिएर उम्मेदवारी घोषणा गर्दै रविन्द्र मिश्र

Rabindra mishra 14

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आज उम्मेदवारी घोषणा गर्ने भएका छन् ।

उनी गत बुधबार वरिष्ठ उपाध्यक्षको हैसियतमा पाँचौ वरियतामा राप्रपा प्रवेश गरेका थिए । आज (शुक्रबार) दिउँसो नयाँ बानेश्वरको थापागाउँस्थित बानेश्वर ब्यान्क्वेटमा उम्मेदवारी घोषणा कार्यक्रम रहेको मिश्रले बताएका छन् ।

मिश्र २०७४ मा पनि काठमाडौं क्षेत्र नम्बर १ मा उठेका थिए । त्यसबेला उनी नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएका थिए ।

०७४ मा काठमाडौँ १ निर्वाचन क्षेत्रमा ८१९ मतको झिनो अन्तरले पराजित भएका थिए । मिश्रले त्यसबेला १० हजार १ साय १८ मत प्राप्त गरेका थिए । विजयी सिंहले १० हजार ९ सय ३७ मत ल्याएका थिए ।

उनले सफलताका लागि आजै बिहान आमाको आशिर्वाद लिएको सामाजिक सञ्जालबाट बताएका छन् । ‘सफलताका लागि विहानै आमाको आशीर्वाद लिँदै, अब मलाई तपाईंको आशीर्वादको आवश्यकता छ !’ मिश्रले सामाजिक सञ्जाालमार्फत भनेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...