मधेशमा पनि निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

Nekapa bahumat

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले देशलाई सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्‍न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।

मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो । यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाव अवज्ञा गर्ने निर्णय काठमाडौंमा पत्रकार सम्मेलन गरि सार्वजानिक गरेको थियो ।

महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अतिथि चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए । केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिष्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।

धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा कम्युनिष्ट पाटी (बहुमत) ले अब देशमा कम्युनिष्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरुले बताए ।

प्रतिकृया दिनुहोस