पूर्वराजा ज्ञानेन्द्रद्धारा शुभकामना सन्देशका नाममा गरे गठबन्धनको विरोध

‘पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ’

Gyanendra shah

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान व्यवस्थाप्रति आक्रोस व्यक्त गरेका छन् । पूर्वराजा ज्ञानेन्द्रले संरचना बदलेर मात्रै नौलो नेपाल निर्माण नसकिने पनि बताएका छन् ।

शाहले दसैँको शुभकामना दिने नाममा गणतन्त्रको विरोध गर्दै राजतन्त्रको वकालत गरेका छन् । शुक्रबार बिहान भिडिओ सन्देश जारी गरी पूर्वराजा ज्ञानेन्द्रले सत्ता गठबन्धनको उछितो काढ्दै घुमाउरो तरिकाले अब नेपालमा राजतन्त्र पुनःस्थापना हुनुपर्ने बताएका छन् ।

उनले संरचना बदलेर र केही नामान्तर गरेर मात्र नौलो नेपाल नभएको बताएका छन् । ‘स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्न हुन्न भन्ने आमभावना रहेको छ । आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ‚’ उनले भनेका छन्‚ ‘बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्यचेतना आउनु आवश्यक छ । नेपाली निरन्तर देशी-विदेशीहरूको क्रिडास्थल भयो भन्ने पनि जनगुनासो रहेको छ ।’

उनले राष्ट्रपतिले प्रमाणीकरण गर्न अस्वीकार गरेको नागरिकता विधेयकको पनि विरोध गरेका छन् । उनले भनेका छन्, ‘एकातिर होनहार नागरिकहरु बाहिर (विदेश) गएर भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरूलाई भित्र्याउने र वास्तविक नेपालीलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ ।’

उनले गणतन्त्र र संघीय व्यवस्थाको विरोध र राजाको आवश्यकताको वकालत यसरी गरेका छन्, ‘पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातिर धकेल्नु हुन्न भन्ने आम भावना रहेको छ। आफ्ना सनातनी, मूलभूत महिमलाई बिथोलेर, केही संरचना बदलेर, केही नामन्तर गरेर सुन्दर, नौलो नेपाल भइहाल्दो रहेनछ । त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउनु आवश्यक छ ।’

भ्रष्टाचारले गर्दा समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको भन्दै सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको बताएका हुन् । ‘मौलिक धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित भइदिँदा राष्ट्रहीत र सुरक्षा संकटग्रस्त बन्दै गइरहेको छ ।

व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथभ्रष्ट तुल्याएको छस सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ‚’ उनले भनेका छन् । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लैजाने अवस्था बनेको भन्दै उनले आफूहरूको कुनै कार्यले देश कहिले पनि हार्न नहुने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...