काठमाडौं महानगर : मेयर साह अवैध संरचना भत्काउने, उपमेयर डंगोल बजार अनुगमन गर्ने

उपभोक्ताले ठगिए हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह

Market monitor sunita dangol

काठमाडौं । काठमाडौं महानगर क्षेत्र भित्र बनेका अवैध संरचना भत्काएर मेयर बालेन साह चर्चामा छन् । बालेन चर्चामा रहँदा उपमेयर सुनिता डंगोल भने गुमनाम सहर थिइन् । तर, डंगोलले पनि दसैंको खुमैमा बजार अनुगमन सुरु गरेपछि चर्चा पाउन थालेकी छन् ।

काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् ।

उपमेयर डंगोलसहित तीनवटा टोली विभिन्न स्थानमा अनुगमनमा परिचालित भएको छ । टोलीले खाद्यान्न, माछा मासु र डिपार्टमेन्टल स्टोरमा पनि अनुगमन गर्ने जनाएको छ ।

मंगलबार प्रदर्शनी मार्ग, टुकुचा, खसी बजार लगायत क्षेत्रमा डंगोलको नेतृत्वमा बजार अनुगमन गरिएको हो । महानगरको टोलीले तीनवटा समूह परिचालन गरी बजार अनुगमन थालेको हो ।

संघ तथा प्रदेश कार्यालयहरु पनि सहभागी टोलीले सुलभ पसल, तरकारी बजार, माछा मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत अनुगमन गरेको हो । उपेमयर डंगोलका अनुसार महानगरपालिकाले आजै भाटभटेनी सुपर मार्केटमा पनि अनुगमन गरेको छ ।

‘कुनै पनि पसलमा सामान किन्न जाँदा उपभोक्ताले ठगिएको महसुस गरेको अवस्थामा वा अखाद्य वस्तु विक्री गरिरहेको भेटिएमा हाम्रो हटलाइन ११८० र १६६००१०५५११ मा खबर गर्न पनि आग्रह गर्दछौँ,’ अनुगमनकै क्रममा डंगोलले भनिन्, ‘हामी यो अनुगमनलाई दसैँ अघि र पछि पनि निरन्तरता दिन्छौँ । तपाईँहरुले खबर गरेको आधारमा पनि हामी तत्काल अनुगमन टोली त्यहाँ खटाउछौँ र आवश्यक कारवाही प्रक्रिया अघि बढाउछौँ ।’

बजार अनुगमन कार्यक्रममा संघ तथा प्रदेश कार्यालयहरु सहभागी हुने छन् । बजार अनुगमनका क्रममा सुलभ पसल, तरकारी, माछा, मासु, दुग्ध पदार्थ, डिपार्टमेन्ट स्टोर लगायत हेरिने बताइएको छ । संघीय सरकारले यो वर्ष बजार अनुगमन नगर्न उपभोग्य सामानको मूल्य आकाशिएको छ ।

प्रतिकृया दिनुहोस