मनास्लु हिमपहिरोमा परी १ जनाको मृत्यू, १५ जनाभन्दा धेरै घाइते

Manaslu him pahiro 1

काठमाडौं । चुमनुब्री गाउँपालिका -१ स्थित मनास्लु हिमालको हिमपहिरोमा परी एकजनाको मृत्यू भएको छ भने १५ जनाभन्दा धेरै घाइते भएका छन् ।

सोमबार अपरान्ह १२ बजे झरेको हिमपहिरो परी सतुरी एक्स्पिडिशन प्रालिका आरोहण सहयोगी अनुप राईको मृत्यु भएको हो ।

क्याम्प ३ र ४ को बीचमा पहिरो खसेको हो । मौसम खराबीले हेलिकप्टर उड्न नसकेपछि क्याम्प १ र २ मा रहेका शेर्पाहरूले हिउँमा फसेकाहरूको उद्धार प्रयास गरिरहेका छन् ।

मनास्लु हिमाल आरोहणका लागि गएका पाँच जना नेपाली आरोही हिमपहिरोमा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार सोमबार बिहान ११ बजेको समयमा खसेको हिमपहिरोमा पुरिएर उनीहरु बेपत्ता भएका हुन् ।

शेर्पाहरू अक्सिजन पुर्‍याउन जाने समयमा हिमपहिरो खसेको मनास्लु हिमाल आरोहणका लागि बेसक्याम्पमा रहेकी पूर्णिमा श्रेष्ठले जानकारी दिइन् । ‘क्याम्प १ र क्याम्प २ मा रहेका शेर्पाहरू गएर खोज्ने काम भइरहेको छ,’ उनले भनिन्,‘मौसम खराबीका कारण हेलिकप्टर जान सकेको छैन ।’

हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ र जीतबहादुर शेर्पा छन् । उनीहरु सबैजना आरोहण दलका सहयोगीका रुपमा त्यहाँ गएका थिए ।

किलर माउण्टेन भनेर चिनिने ८,१६३ मिटर अग्लो मनास्लु आरोहणका लागि यस सिजनमा पर्यटन विभागबाट चारसय भन्दा धेरै आरोहीले अनुमति लिएका छन्। केहीले सफल आरोहण गरिसकेका छन् भने अधिकांश आरोहीहरु आरोहण गर्ने क्रममा छन् ।

मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...