आज राती सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

Mausam news

काठमाडौं । आज राति सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन कार्यालय प्रेस नोट जारी गर्दै सुदूरपश्चिम प्रदेशका सबैजसो स्थानमा भारी वर्षा हुने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

आज राति १२ बजेदेखि सुरु हुने वर्षाको प्रभाव सोमबारसम्म रहने र कैलाली, कञ्चनपुर क्षेत्रमा डुबानको सम्भावना रहेको जनाइएको छ ।

आइतबार बेलुकासम्म नै न्यूनचापीय क्षेत्रको प्रभाव रहने भएकाले भिरालो ठाउँमा पहिरो तथा मैदानमा बाढी आउने सम्भावना भएकाले भिरालो जमिन र नदी आसपास क्षेत्रका नागरिकलाई विशेष सतर्कता अपनाउन पनि आग्रह गरिएको छ । साथै, कार्यालयले विपद् व्यवस्थापनका लागि सम्बन्धित संस्थालाई चनाखो रहन निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...