जनकपुरमा नागरिकता विहीन युवाको समूहले ओलीलाई देखाइयो कालो झन्डा

Kalo jhanda

जनकपुर । जनकपुरमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ ।

यसअघि भदौ २७ गते जनकपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा आउँदा नागरिकता विहीन युवाहरुको समूहले कालो झण्डा देखाएका थिए ।

जनकपुर विमानस्थलबाट जनकपुर-जयनगर रेल चढ्न जाने क्रममा उनलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेका हुन् ।

संसदबाट दुई दुईपटक पारित नागिरकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको र त्यसलाई एमालेले समर्थन गरेको भन्दै ओलीलाई उनीहहरूले कालो झन्डा देखाएका हुन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई आफ्नो पार्टीमा प्रवेश गराउन ओली जनकपुर आइपुगेका हुन् । ओली लोकतान्त्रिक समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियालाई एमाले प्रवेश गराउन धनुषा आइपुगेका हुन् ।

धनुषाको विदेह नगरपालिकाको तिनकौरिया चोकमा आयोजना हुने कार्यक्रममा ओलीले अरगरियालाई पार्टी प्रवेश गराउने कार्यक्रम छ । ओली तिनकौरिया चोकस्थित कार्यक्रम स्थलसम्म पुग्नका लागि रेलको यात्रा गरेका छन् । जनकपुरधामस्थित रेल्वे प्लेटफर्ममा चढेर महिनाथपुर स्टेशनसम्मको यात्रा गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...