भीमफेदीको जुरिखेतमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Accident hetauda

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बा. ३ ख ७८५८ नम्बरको बस भीमफेदी गाउँपालिका(६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको हो । घुम्तीमा बस मोड्ने क्रममा ब्रेक नलागेपछि बस तल खसेको हुनसक्ने प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी पुगेर घाइतेको उद्धार गरिरहेको छ ।

बस दुर्घटनाले अहिले छोटो मार्ग अवरुद्ध भएको छ । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक बामदेव गौतमको नेतृत्वमा प्रहरी टोली पुगेको छ ।

प्रहरीले ६ जनाको घटनास्थलमै र १ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको जनाएको छ । ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...