दुबईमा कार धुने भरत बिकले जिते ३५ करोडको चिठ्ठा

Bharat news

काठमाडौं । संयुक्त अरब इमिरेट्स युएईमा काम गर्ने एक नेपाली युवाले ३५ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् ।

केही वर्षदेखि दुबईमा कार धुने काम गरिरहेका ३१ वर्षीय भरत बिकले त्यहाँको चर्चित मजुज चिठ्ठा जितेका हुन् । उनले एक करोड दिराम अर्थात् ३५ करोडभन्दा धेरै नेपाली रुपैयाँको चिठ्ठा जितेको गल्फ न्यूजले जनाएको छ ।

यो चिठ्ठा जित्नुअघिसम्म उनको दुबईमा बैंक खातासमेत थिएन। चिठ्ठाको रकम हातपारेपछि उनले भने, ‘म त निकै खुसी छु’ टिभीमा लाइभ हेरिरहेको थिएँ, मैले स्क्रिनमा आफ्नै चिठ्ठा नम्बर देखेँ, त्यसपछि खुसीले सुत्नै सकिनँ ।’

यो पैसाले भरत आफ्नो ऋण तिर्न र परिवारका लागि राम्रो बन्दोबस्तीको व्यवस्था गर्न चाहन्छन् । आफ्ना तीन र पाँच वर्षका दुई सन्तानका लागि यो रकम खर्च गर्ने उनको योजना छ । साथै उनले ब्रेन ट्युमरपछि प्यारालाइसिस भएका आफ्ना भाइको अपरेशनका लागि पनि केही पैसा खर्च गर्न चाहन्छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...