मोहन विक्रम सिंह भन्छन्, एमाले राजावादी शक्तिसँग मिलेर व्यवस्था खतम पार्न खोज्यो

Mohanbikram singh arghakhachi

अर्घाखाँची । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले अहिले खतरनाक रुपमा राजावादीहरुको चलखेल बढेको बताएका छन् । उनले एमाले राजावादी शक्तिसँग मिलेर व्यवस्था खतम पार्न लागिपरेको आरोप लगाए ।

प्रगतिशील पत्रकार संघले मंगलबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा सिंहले देशमा गणतन्त्र स्थापना भएदेखि नै राजावादी शक्तिहरुको चलखेल बढ्दै गएको तर त्यो चलखेल एमाले अध्यक्ष केपी ओलीको सहयोगमा अहिले झन् सक्रिय भएको बताए ।

प्रतिगमनकारी र राजावादीहरूले राजा फर्काउन सकिन्छ की भनेर विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ थियो । आजको दिनमा प्रतिगमनको खतरा १७ साल वा ५९ सालमा भन्दा पनि गम्भीर भएको उनले बताए । देशमा प्रतिगमनको खतरा भएको समयमा देशका सबै दल एकै ठाउँमा बसेर सङ्घर्ष गरेको स्मरण गर्दै नेता सिंहले एमालेको प्रतिगमनका विरुद्ध गठबन्धन गर्नुपरेको बताए ।

‘कुन पार्टीको सरकार बन्छ भन्ने कुरा हाम्रो लागि गौण हो । मुख्य उदेश्य प्रतिगमन पराजित गर्नु रहेको छ’ सिंहले भने, ‘कथम कदाचित प्रतिमागीहरु विजय भए भने व्यवस्थामाथि नै आक्रमण हुने अवस्था छ ।’

सिंहले नेकपा एमाले र ओली धर्म निरपेक्षताको बाटो छोडेर हिन्दु राष्ट्र र राजतन्त्रको बाटोमा लागेको आरोप लगाए । त्यसले प्रतिगमनलाई बल पुगेको उनको भनाई छ ।

सिंहले नेतृत्व गरेको नेकपा ९मसाल० को वैधानिक संगठन राष्ट्रिय जनमोर्चा पाँचदलीय गठबन्धनमा छ । स्थानीय चुनावमा गठबन्धनको तालमेल नीति पूर्ण सफल हुन नसकेको तर अहिले त्यो अवस्था आउन दिन नहुने उनले बताए ।

कुनै कारणबश तालमेल भत्किएमा एमालेको पोल्टामा सत्ता गएमा त्यो देश र जनताको लागि खतरा हुने र देश बर्वादीतर्फ धकेलिने पनि सिंहको दाबी थियो । उनले संसदमा मात्र नभएर संसद बाहिर पनि सशक्त रुपमा विरोध जनाएको स्मरण गराए । नागरिकता विधेयक र एमसीसीको विषयमा एमालेको भित्रैदेखि समर्थन रहेको तर बाहिर जनमत बटुल्न मौन भएको आरोप पनि सिंहले लगाए ।

प्रतिकृया दिनुहोस