१० रुपैयाँले घट्यो खाने तेलको मुल्य, अब सनफ्लावर ३ सय २ रुपैयाँ पर्ने

Khane tel

काठमाडौं । लामो समयपछि खाने तेलको मूल्यमा थप १० रुपैयाँ घटेको छ । छुट पसलमा बजार भाउभन्दा बढी मूल्य राखेको गुनासो आएपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार लिटरमा थप १० रुपैयाँ घटाएको हो ।

सहुलियत पसल सञ्चालन गर्नुअघि खाद्यले सनफ्लावर ३ सय २ रुपैयाँ, तोरी २ सय ८७ रुपैयाँ र भटमासको तेल २ सय ५२ रुपैयाँमा बिक्री गरेको थियो ।

अब सर्वसाधरणले सनफ्लावर तेलको मूल्य प्रतिलिटर २ सय ८५ रुपैयाँ, तोरीको तेल २ सय ७५ रुपैयाँ र भटमासको तेल २ सय ४० रुपैयाँमा खरिद गर्न सक्नेछन् । कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाका अनुसार नयाँ मूल्य मंगलबारदेखी नै लागू भइसकेको छ ।

असोज १ गतेदेखी सहुलियत पसल सञ्चालनमा आएलगत्तै प्रतिलिटर ७ रुपैयाँ घटाएर नयाँ मूल्य निर्धारण गरेको थियो । जसअनुसार सनफ्लावर प्रतिलिटर २ सय ९५, तोरीमा २ सय ८० र भटमास २ सय ४५ रुपैयाँ बिक्री मूल्य थियो । मंगलबार मूल्य पुनः घटाइएको हो ।

त्यस्तै त्यस्तै, मुसुरोको दालको मूल्य घटाएर १ सय ४५ रुपैयाँ तोकेको छ । ‘सर्वसाधरणका लागि बिहान ८ देखी बेलुका ७ बजेसम्म पसल खुल्ला हुनेछ । चाडबाडमा खाद्यसँगै साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानले पनि आफ्नो उत्पादनमा छुट दिएका छन् । सहुलियत पसल असोज १ देखि कात्तिक १५ सम्म सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

ब्रान्ड अनुसार पनि बजार मूल्य फरक भएको दाबी गरे । यद्यपी, पछिल्लो समय सरकारले भन्सार दर घटाएपछि तेलको मूल्यमा गिरावट आएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...