सत्तारुढ गठबन्धनले फेरि थाल्यो सिट बाँडफाँटबारे छलफल, भोलीसम्म टुंग्याउने दावी

Five party karyadal

काठमाडौं । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेको गठबन्धनका नेताहरूले बुधबार टुङ्ग्याउने बताएका छन् । सत्तारुढ गठबन्धनका नेताहरुले भोलिसम्म सहमति जुटाउने दाबी गरेका छन् ।

लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार विहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् ।

‘गाँठो फुक्दै गएको छ । बाँकी भोलि बुधबार बिहान पुन गठबन्धनको बैठक बसेर सकभर भोलि नै टुङ्ग्याउने विषयमा कुराकानी भएको छ’, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने, ‘अब धेरै दिन लाग्दैन चाँडै टुङ्ग्याउनुपर्छ भन्ने कुरा भएको छ ।’

लामो समय छलफल गर्दा पनि सहमति नजुटेपछि गठबन्धनमा आवद्ध दलहरु समानुपातिकको बन्दसूची बनाउन जुटेका थिए । सोमबार बन्द सूची बुझाएका गठबन्धनका दलहरुले मंगलबार विहान र साँझ सिट बाँडफाँटबारे छलफल गरेका छन् ।

मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले दुवै निर्वाचनको सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको जानकारी गराएको हो । हामी निष्कर्षको नजिक पुगेको भन्दै कांग्रेस नेता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार बिहान ८ बजेपनि सोही विषयमा छलफल गर्न बैठक बोलाइएको बताए ।

उनले प्रतिनिधिसभाका १६५ सिट मध्ये करिव ८० प्रतिशत टुंगो लागेको प्रतिक्रिया समेत दिए । चाँडै सहमती गरेर आफूहरुले सञ्चार माध्याममार्फत् देशलाई जानकारी गराउने पनि बताए ।

मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका हुन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

नक्कली शरणार्थी प्रकरण : पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष्ण खाँण थुनामै रहने

Top bahadur rayamaghi and indra jit rai

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका मध्ये पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र बालकृष...