गोठाटारमा गोली लागेका घाइते मोहम्मद दर्जीको मृत्यु

Gothatar goli chalyo

काठमाडौं । काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो । उनको टाउकोमा दुईवटा र दाहिने तिघ्रामा एउटा गोली लागेको थियो । त्रिवि शिक्षण अस्पतालले उनलाई मृत घोषणा गरेको उपत्यका प्रहरी कार्यालय प्रमुख एआईजी रवीन्द्र धानुकले बताए ।

रातो टिर्सट र जिन्स लगाएको र मोटरसाइकलमा आएका व्यक्तिले मोहम्मदलाई गोली हानेको थियो । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

रामप्रसाद गौतमको बा ६ च ५१५१ नम्बरको गाडीबाट गोठाटारमा झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो । मोहम्मद जोरपाटीबाट कपडा प्याक गर्ने प्लास्टिक लिएर गोठाटार फर्किएका थिए ।

गाडीबाट झर्नेवित्तिकै उनीमाथि गोली प्रहार भएको हो । गाडीका चालक रामप्रसाद गौतमले भने, ‘म ड्राइभरको सिटमै थिएँ । उनी गाडी खोलेर ओर्लिनासाथ गोली हान्न थाल्यो ।’

प्रत्यक्षदर्शी शंकर दाहालले बताएअनुसार मोटरसाइकलमा आएकाहरुले उनीमाथि गोली चलाएका थिए । गोली चल्न थालेपछि मोहम्मदले गाडीको वरिपरि घुम्दै भाग्दाभाग्दै तीन राउण्ड गोली लाग्यो ।

गोली चलेको सुनेपछि घरभित्र रहेकी मोहम्मदकी छोरी एक तलामाथिबाट हामफालेर गोली हान्नेलाई लखेट्दै गएको घटनास्थलको सीसीटीभी फुटेजमा देखिएको छ । गोली हान्ने समूह मोटसाइकल चढेर भाग्यो । मोटरसाइकलमा आउँदा दुई जना आएको र भाग्ने क्रममा तीन जना गएको प्रत्यक्षदर्शी बताउँछन् ।

प्रतिकृया दिनुहोस