माओवादीले दियो डा. भट्टराईलाई प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट

Barsaman pun

काठमाडौं । माओवादीकै चुनाव चिह्नमा निर्वाचन लड्न लागेका डा. बाबुराम भट्टराईको पार्टीबाट प्रतिनिधि सभाको समानुपातिकतर्फ ५ सिट पाएको छ ।

माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले बाबुरामको पार्टीका प्रतिनिधिसहित प्रतिनिधि सभा ११० जना समानुपातिक सूची आयोगमा बुझाएको बताए ।

‘हामी गठबन्धनमा पनि छौ । बाबुरामजीको पार्टी पनि माओवादीकै चुनाव चिन्हमा लड्दैछ । उहाँको पाटीका ५ सहित ११० दश जनाको सूची बुझाएका छौ’, पुनको भनाइ छ ।

उनले यसअघि समानुपातिक सांसद भएका र राष्ट्रियसभा सदस्य रहेकालाई यसपटक सूचीमा नराखेको जानकारी दिए । ‘यसअघि समानुपातिकबाट सांसद भएका, राष्ट्रियसभा सदस्य भएका र स्थानीय तहमा उम्मेदवार भएकालाई पनि बन्द सूचीमा राखेका छैनौ’, पुनले भने, ‘अधिकतम समावेशी बनाएर सूची बनाएका छौ । युवाहरु धेरै संख्यामा हुनेगरी पेश गरेका छौ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...