पल्सर आएका २ जनाले गोठाटारमा चलाए गोली, मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते

Gothatar goli chalyo

काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर एक जना घाइते भएका छन् ।

पल्सर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेर फरार भएका हुन् । गोली लागेर सर्लाही गोडैता नगरपालिका २ मुस्लिम टोलका लाल मोहम्मल दर्जी घाइते भएको प्रहरीले जनाएको छ । मधेसी मूलका देखिने दुई जनाले गोली प्रहार गरेर फरार भएको खुलेको छ ।

रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । कागेश्वरी मनोहरा नगरपालिका ८ गोठाटारस्थित कृष्ण मन्दिर नजिकै गोली चलेको हो ।

अहिले प्रहरीले गोली प्रहारमा संलग्नको खोजी गरिरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको छ । एसएसपपी भरत बोहराले आफू अहिले घटनाकै अप्रेसनमा रहेको बताए। घाइतेलाई त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...